• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ५, बिहिबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • १२ जनामा कोरोना सङ्क्रमण

      स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त, मतगणना बाँकी स्थानमा पाँच दिनभित्र परिणाम ल्याउन निर्देश

      ‘आत्मनिर्भर केन्द्रित बजेट निर्माण गर्नुपर्छ’

      नेपाल युगान्डासँग तेस्रो खेलमा पनि पराजित

      भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

      अंग्रेजीका विद्यार्थीको संस्कृत भाषामा आकर्षण

      एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

      बालेनको झण्डै ११ हजारको मतको अग्रता

      विजय भन्दा रेनु ३२६३ मतले अगाडि

      प्रधानसेनापतिद्वारा बेलीबृजको उद्घाटन

      पराजित उमेदवारले दिए निर्वाचित मेयरलाई घरमै पुगेर बधाई

      २२५१ विन्दुमा नेप्से

      कांग्रेसका उम्मेदवार साढे दुई सयभन्दा बढी पालिका प्रमुखमा विजयी

      वडाध्यक्षमा निर्वाचित भएर घर पुग्दा ‘सिल नै नखोलेको मतपेटिका भेटिएपछि आएपछि…

      कर्णाली प्रदेशका केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे

    होमपेज / समाचार

    महावाणिज्य दूतावास भवन पुननिर्माणमा चिनले सहयोग गर्ने -प्रधानमन्त्री 'प्रचन्ड'

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र १६, बुधबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    चैत्र १६ ,काठमाडौं । चीनले ल्हासास्थित नेपाली महावाणिज्य दूतावास भवन निर्माण गरिदिने भएको छ । स्वशासित क्षेत्र तिब्बतका प्रमुख ऊ यिङ्जीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग ल्हासामा मंगलबार भएको भेटमा नेपाली महावाणिज्य दूतावास भवन निर्माण गरिदिने बताएका हुन् । ल्हासास्थित महावाणिज्य दूतावास भवन तथा आवासगृह जीर्ण भइसकेका छन् । चीनले महावाणिज्य दूतावास भवन निर्माण गर्न सहयोग गर्ने वचन दिएको बर्सौं बिते पनि परराष्ट्र मन्त्रालयले त्यसप्रति चासो नदिएकाले निर्माण भएको छैन । आठ वर्षअघि चीनले महावाणिज्य दूतावास भवन निर्माणका लागि नेपालको आग्रहमा दुई करोड चार लाख रुपैयाँ दिने निर्णय गरेको थियो । तिब्बतका प्रमुखले महावाणिज्य दूतावास भवन निर्माणमा आर्थिक सहयोग गर्न चीन तयार रहेको बताउनुभएको छ, ल्हासास्थित नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले टेलिफोनमा अन्नपूर्णसँग भने । नेपालको महावाणिज्य दूतावास नै तिब्बतस्थित एक मात्र विदेशी कूटनीतिक नियोग हो ।

    भेटमा दाहालले आफूले महावाणिज्य दूतावास परिसर अवलोकन गर्दा अवस्था दयनीय पाएको र भवन निर्माणमा चीनको सहयोग महत्वपूर्ण हुने बताए । मन्त्रिपरिषद् बैठकबाट भवन निर्माणसम्बन्धी प्रस्ताव चाँडै अनुमोदन गराएपछि निर्माणप्रक्रिया अघि बढाउन बाटो खुल्ने दाहालले भेटमा बताएका थिए । प्रधानमन्त्री दाहालले तिब्बतमा लामो समयदेखि बस्दै आएका नेपालीलाई चीनले स्थायी अनुमतिपत्र उपलब्ध गराएकोमा धन्यवाद दिएका थिए । चीनसँगको हजारौं वर्ष पुरानो सम्बन्धमा तिब्बतले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उनले सडक, रेल, सीमापार विद्युतीय प्रसारण लाइन निर्माणमा तिब्बत र नेपालबीच सहकार्य हुनुपर्ने बताए ।

    चीनले अघि बढाएको वान बेल्ट वान रोड अवधारणाअनुसार नेपाल-चीनबीच सीमापार सडक, रेलसञ्जाल, विशेष आर्थिक क्षेत्र र विद्युतीय प्रसारण लाइन निर्माणमा तिब्बतको महत्वपूर्ण भूमिका हुनेछु, दाहालले भेटमा भने । प्रधानमन्त्री दाहालले एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको भेटमा बताए । तिब्बत प्रमुख यिङ्जीले नेपालको आर्थिक र सामाजिक विकासमा सहयोग वृद्धि गर्न तयार रहेको बताएका थिए ।

    प्रधानमन्त्री दाहालले यथाशीघ्र तातोपानी नाका सञ्चालनमा ल्याउने काममा सघाउन तिब्बती अधिकारीसँग अनुरोध गरेका थिए । तिब्बती अधिकारीले भूकम्पपछि ठप्प तातोपानी नाका खुलाउन काम भइरहेको समेत बताए। पूर्ववर्ती ओली सरकारका पालामा भएका सहमति तथा सम्झौता कार्यान्वयन गर्ने विषयमा भेटमा कुराकानी भएको त्यहाँस्थित महावाणिज्य दूतावासले प्रेसविज्ञप्तिमा जनाएको छ । प्रधानमन्त्री दाहाल आफ्नो सम्मानमा ल्हासास्थित नेपाली महावाणिज्यदूत कार्कीले आयोजना गरेको दिवाभोजमा सहभागी भएका थिए । दाहालले तिब्बतको पोताला दरबार र जोखाङ मन्दिर पनि भ्रमण गरेका थिए । हाइनानमा आयोजित बोआओ फोरम फर एसिया सम्मेलनमा भाग लिन अनौपचारिक भ्रमणमा चीन गएका प्रधानमन्त्री दाहालले बेइजिङ पनि भ्रमण गरेका थिए । दाहाल बेइजिङबाट सोमबार सिचुवाको छेङ्दु पुगेका थिए । छेङ्दुबाट मंगलबार ल्हासा आएका दाहालसहितको प्रतिनिधिमण्डल बुधबार बिहान स्वदेश फर्किनेछ ।अन्नपूर्णपोष्ट बाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    १२ जनामा कोरोना सङ्क्रमण

    स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त, मतगणना बाँकी स्थानमा पाँच दिनभित्र परिणाम ल्याउन निर्देश

    ‘आत्मनिर्भर केन्द्रित बजेट निर्माण गर्नुपर्छ’

    अंग्रेजीका विद्यार्थीको संस्कृत भाषामा आकर्षण

    प्रधानसेनापतिद्वारा बेलीबृजको उद्घाटन

    कांग्रेसका उम्मेदवार साढे दुई सयभन्दा बढी पालिका प्रमुखमा विजयी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १२ जनामा कोरोना सङ्क्रमण

    स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त, मतगणना बाँकी स्थानमा पाँच दिनभित्र परिणाम ल्याउन निर्देश

    ‘आत्मनिर्भर केन्द्रित बजेट निर्माण गर्नुपर्छ’

    नेपाल युगान्डासँग तेस्रो खेलमा पनि पराजित

    भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

    भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

    बालेनको झण्डै ११ हजारको मतको अग्रता

    विजय भन्दा रेनु ३२६३ मतले अगाडि

    पराजित उमेदवारले दिए निर्वाचित मेयरलाई घरमै पुगेर बधाई

    ३ हजार भन्दा बढि मतले रेनुको अग्रता

    १२ जनामा कोरोना सङ्क्रमण

    नागरिकता, राहदानीका वा जग्गा धनी प्रमाण पुर्जाको आधारमा पनि मत दिन पाइने

    जापानको निजी क्षेत्रले कामदार लैजान सहजीकरण गर्ने

    हेटौँडाको दुईवटा केन्द्रमा महिला मतदान अधिकृत

    मोदीले प्रयोग गर्ने गाडी लुम्बिनी ल्याइयो

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार नियन्त्रणमा

    तनहुँका मतगणनास्थलमा तारबारसहित सिसी क्यामेरा जडान

    आर्थिक

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑