सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र १५ ,नयाँ दिल्ली– भारतको उत्तर प्रदेशका एक व्यक्तिले साथीसँग मिलेर आफ्नी श्रीमतीको सामुहिक बलात्कार गरेका छन् । उनकी छोरीलाई छुरी देखाएर त्रास पैदा गरी आफ्नै श्रीमतीको सामुहिक रुपमा बलात्कार गरिएको खुलेको छ । पीडितले उनीविरुद्व रिपोर्ट दिएपछि प्रहरीले अपराधीलाई पक्रन सफल भएको हो।
पीडित महिला आफ्नै घरमा सुतिरहेको समयमा उनका श्रीमान अन्य दुई पुरुषसँग आएका र उनको सामुहिक बलात्कार गरेको पीडितले बताएकी छन्। उनलाई चिच्याउन नदिनका लागि उनीहरुले छोरीको गर्धनमा छुरी तेर्साएको र त्यसको प्रतिवाद गर्न खोजेमा उनकी छोरीलाइै छुरी रोप्ने धम्की दिई सबैले पालै पालो उनीमाथि बलात्कार गरेको पीडितले प्रहरीलाई बताइन्। उनका श्रीमान्लाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा