सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र १४- चिन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेटेका छन्।
बोआओ फोरममा सहभागी हुन चीन पुगेका प्रधानमन्त्री दाहालले सोमबार राष्ट्रपति सीसँग दुई पक्षीय हितका विषयमा भेटवार्ता गरेका हुन्।
बेइजिङमा भएको भेटमा उहाँहरुबिच द्विपक्षीय हितका विषयमा छलफल भएको छ । चिनियाँ राष्ट्रपतिसँगको भेटअघि एक अन्तर्क्रियामा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्नुभएको छ ।
बेइजिङ्मा भएको ‘नेपालमा लगानीका अवसर’ विषयक अन्तक्र्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालमा सस्तो श्रम रहेको र सरकारले लगानीका धेरै अवसर दिएको स्पष्ट पार्दै व्यवसायीलाई लगानीका लागि आव्हान गर्नुभएको हो ।
नेपालका सबै राजनीतिक दल आर्थिक समृद्धि र वैदेशिक लगानीका सन्दर्भमा एकताबद्ध रहेको बताउँदै प्रधानमन्त्रीले लगानी, व्यापार तथा आर्थिक सुधारलाई आफ्नो मुलुकले विशेष प्राथमिकता दिएको बताउनुभयो ।
लगानीका लागि उर्बरभूमी नेपालको जुनसुकै क्षेत्र तथा स्थानमा लगानी गर्न सकिने बताउँदै उहाँले जलस्रोत, सूचना प्रविधि तथा कृषि क्षेत्रको आधुनिकीकरणमा लगानी गरेर चिनियाँ लगानीकर्ताले फाइदा लिनसक्ने धारणा राख्नुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा