सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार ९३० को परीक्षण हुँदा १ हजार ४७८ संक्रमित थपिएका छन् । नयाँसहित कुल संक्रमितको संख्या ८ लाख ७७ हजार ४३७ पुगेको छ ।
अहिलेसम्मका संक्रमितमध्ये ३३४ सघन र ११९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या गत २४ घण्टामा १ हजार ६३० छ । योसहित कुल निको हुनेको संख्या ७ लाख ५५ हजार ६३० पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या २४३ र होम आइसोलेशनमा रहेको संख्या १९ हजार ८०५ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या १ हजार ३३४ छ । देशमा सक्रिय संक्रमितको संख्या २१ हजार १३९ रहेको छ ।
अहिलेसम्म पूर्ण खोप खोप लगाउनेको संख्या ५७ लाख ५२ हजार ८५३ छ । उमेर समूहको आधारमा अझैपनि २१ देखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी छ ।
मन्त्रालयका अनुसार संक्रमण दर १९.१ प्रतिशत र मृत्यु प्रति दश लाखमा ३७२.७ रहेको छ । मन्त्रालयका अनुसार अहिले ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरु ९ छन् भने २०० माथि संक्रमित रहेका २० जिल्लाहरु छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा