सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूको नाराबाजी भइरहेको छ । उनीहरूको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका छन् ।
विनियोजनक विधेयकमाथि छलफलपछि बैठकले स्वीकृत गरेको छ । सोही क्रममा आफ्ना सांसदहरूको नाराबाजी भइरहँदा एमाले संसदीय दलका नेता केपी ओली र उपनेता सुवास नेम्वाङ पनि रोष्ट्रम अगाडि उभिएका छन् । रोस्ट्रमअघि उभिए पनि ओली र नेम्वाङले नारा भने लगाएनन् ।
सांसदले नाराबाजी लगाइरहँदा ओली र नेम्वाङबीच भने कुराकानी भएको छ । तर, के विषयमा कुराकानी भएको हो भन्ने खुलेको छैन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा