सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
तराई मधेश सडक पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत कूल सात किलोमिटर नयाँ ट्रयाक सडक निर्माण गरिएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले गत आर्थिक बर्ष ०७७÷०७८ मकवानपुर, बारा र पर्सा जिल्लामा सडक बनाएको हो ।
उक्त आवमा उक्त जिल्लामा सङ्घीय सरकारको लगानीमा ३२.३६ किमी कालोपत्रे, १९.१ किमी ग्राभेल, ३७.३५ किमी बाटो सडक मर्मत र सात किमी बाटो सडक ट्रयाक चौडा भएका छन् ।
यसैबीच कार्यालयका अनुसार दशैँलाई लक्षित गरी ती तीन जिल्लाका विभिन्न स्थानमा राजमार्गको मर्मतसम्भारको अघि बढाइएको छ । बाराको धनसारदेखि पतलैयासम्म, मकवानपुरको हेटौँडा हुँदै लोथरसम्म र हेटौँडाको भैँसे हुँदै मकवानपुरको दामचौरका विभिन्न क्षेत्रमा सडकको खाल्डाखुल्डी मर्मतसम्भारको अघि बढाइएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा