सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बेइजिङ, चीनमा पछिल्लो समय विद्यालयबाट कोरोना संक्रमण फैलिएको पाइएको छ । फुजियान प्रान्तको एक प्राथमिक विद्यालयबाट संक्रमण फैलिएको चिनियाँ स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
एक विद्यार्थीका बाबुबाट संक्रमण फैलिएको प्रारम्भिक रिपोर्टमा उल्लेख छ । ती विद्यार्थीका बाबुलाई गत साता कोभिड पोजेटिभ देखिएको थियो । विद्यालयका सम्पूर्ण शिक्षक र विद्यार्थीलाई एक साताभित्र कोभिड परीक्षण गर्न स्थानीय सरकारले निर्देशन दिएको छ । पछिल्लो चार दिनमा एक सयजनामा संक्रमण देखिएको छ ।
एक महिनाअघि नानजिङमा महामारी फैलिएको थियो । सो महामारी वुहानपछिकै ठूलो मानिएको थियो ।
पछिल्लो समयमा फुजियान प्रान्तको पुटियान सहर कोभिडबाट सबैभन्दा बढी प्रभावित छ । फुजियानमा ३० लाख मानिस बसोबास गर्छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा