सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल र बंगलादेशले दोस्रो मैत्रीपूर्ण फुटबल बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेबाट खेल शुरु भएको खेलको निर्धारित समयमा दुबै टोलीले गोल गर्न सकेनन् । दुबै टोलीले गोल गर्ने महत्वपूर्ण अवसर प्राप्त गरे पनि बललाई जाली चुमाउन नसकेपछि खेल बराबरीमा सकिएको हो ।
रेनुका नगरकोटीको कप्तानीमा मैत्रानमा उत्रिएको नेपाली महिला टोलीले बंगलादेशविरुद्ध राम्रा अवसरहरु सिर्जना गरेपनि बंगलादेशकी किपरले विफल पारेकी थिइन् । यसअघि भएको पहिलो मैत्रीपूर्ण खेलमा भने नेपालले जित हात पारेको थियो ।
पहिलो मैत्रीपूर्ण खेलमा डेब्यु खेलाडी सविता रानामगर र प्रीति राईले गोल गर्दै नेपाललाई जित दिलाएका थिए ।
आसन्न एएफसी महिला एसियन कप छनोटको तयारीस्वरुप नेपाली महिला टिमले घरेलु मैदानमा बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण खेल खेलको हो ।
एसियन कप छनोटमा समूह ‘एफ’मा रहेको नेपाली टिमले १८ सेप्टेम्बरमा फिलिपिन्स र २१ सेप्टेम्बरमा हङकङसँग खेल्नेछ ।
खेलका लागि नेपाली महिला टोली भोलि उज्वेकिस्तान प्रस्थान गर्नेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा