सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं । कक्षा १२ को परीक्षा यही भदौ ३० गतेदेखि हुने भएको छ । परीक्षा बोर्डको बैठकले भदौ ३० गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरेको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले उज्यालोलाई जानकारी दिए ।
यसअघि तयारी गरेअनुसार होम सेन्टरबाटै परिक्षा सञ्चालन हुने पनि उाले बताए । यसअघि गएकाे जेठमा तय भएको परीक्षा साउन ३१ गतेदेखि सुरु गर्ने तयारी थियो । तर कोरोना जोखिमका कारण साउनमा पनि स्थगित गरिएको परीक्षा आउँदो ३० गतेदेखि सुरु हुने भएको हो ।
कक्षा १२ मा झन्डै पौने चार लाख विद्यार्थी छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा