सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
डडेल्धुरा, चैत १० – उग्रतारा सार्वजनिक यातायात समितिले डडेल्धुरा–काठमाडौं वातावरण अनुकुलित आधुनिक सेवासहितको ‘एयर सस्पेन्सन’ एसी बस सञ्चालनमा ल्याएको छ । नयाँ प्रविधिसहित आरामदायी यात्राका लागि उग्रतारा यातायातले बिहीबारदेखि घटाल एयर सस्पेन्सन एसी बस सञ्चालनमा ल्याएको हो । बसभित्रै शौचालय तथा चमेनागृहको समेत व्यवस्था गरिएको छ ।
झण्डै आठ सय किलोमिटर दूरी रहेको डडेल्धुरा–काठ्माडौं रुटमा यस्तो सुविधासहितको बससेवा देशमै पहिलो भएको उग्रतारा सार्वजनिक यातायात समितिका अध्यक्ष सन्तोष खड्काले बताउनुभयो । बिहीबार एक कार्यक्रमका साथ ‘घटाल एयर’ सस्पेन्सन एसी बसको नेपाल यातायात राट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँर, उग्रतारा यातायात समितिका अध्यक्ष खड्कालगायतका अतिथिले परेवा उडाइ बस सेवाको उद्घाटन गरेका छन् । बसको भाडा दुई हजार रुपैयाँ तोकिएको छ । डडेल्धुराबाट काठमाडौं तथा कामठमाडौंबाट डडेल्धुराका लागि दैनिक एक÷एक वटा बस छुट्ने बताइएको छ । अहिले यस्ता किसिमका ६ वटा बस सञ्चालनमा ल्याइएको छ ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा