सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगितामा पाकिस्तानी क्रिकेटर साहीद अफ्रिदीले खेल्ने भएका छन् ।
उनले काठमाडौं किंग्स–११ का तर्फबाट खेल्ने भएका हुन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा किंग्स–११ टिमले अफ्रिदीलाई अनुबन्ध गरिएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा अफ्रिदी भिडियो कन्फ्रेन्स माध्यमबाट जोडिएका थिए । उनले किंग्स–११ मा आफू अनुबन्ध भएकोमा खुसी व्यक्त गर्दै नेपालमा क्रिकेट खेल्न उत्साहित भएको प्रतिक्रिया दिए ।
काठमाडौंले सोमबार अफ्रिदीलाई आईकोनिक प्लेअरको रुपमा ल्याएको हो । पाकिस्तानका पूर्वकप्तान समेत रहेका अफ्रिदीले तीन फर्म्याटमा गरी ११ हजारभन्दा बढी रन बनाएका छन् ।
इपिएलको चौथो संस्करण आगामी असोज ९ देखि २३ सम्म त्रिवि क्रिकेट मैदानमा हुने खेल तालिका रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा