सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने भएको छ । सोमबारदेखि विस्तारै न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने देखिएकाले धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिए ।
उनका अनुसार सो प्रणालीका कारण आज सुदूपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा, मंगलबार राति प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १ र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बताइएको छ ।
बुधबार देशैभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भई केही स्थानमा भारी–धेरै भारी वर्षाको सम्भावना रहेकाले मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा अन्य प्रदेशका थोरै स्थानका हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २२ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस छ ।
त्यस्तै आज सबभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १७ दशमलव पाँच डिग्री र सबभन्दा धेरै धनगढीको अधिकतम तापक्रम ३४ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा