सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । शनिबार नेपालमा ३ हजार ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर १० हजार ६६५ पीसीआर र ४ हजार २८५ एन्टीजेन परीक्षणमा क्रमशः २ हजार ३०९ र ८०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ३३ हजार २६० पुगेको छ । जसमध्ये ६ लाख ४१ हजार ५६५ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २ हजार १९७ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २७ हजार ७५७ रहेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा १६ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ९ हजार ६९५ जनाको मृत्यु भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा