सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ९ चैत्र। संसदीय सुनुवाई विशेष समितिले सरकारले हालै मात्र दलीय भागवण्डाका आधारमा १२ देशका लागि नेपाली राजदूतको नाम सर्वसम्वत रुपमा अनुमोदन गरेको छ ।सरकारले दलीय कोटामा आधारमा विभिन्न १२ देशका लागि राजदुत सिफारिस गरेको थियो । सिफारिसमा नेपाली काँग्रेसको कोटामा ५ , माओवादी ४ र राप्रपा २ र फोरम लोकतान्त्रिकको एक व्यक्ति थिए ।
उनीहरूको नाममा परेको उजुरी अध्ययन गर्दै समितिले बुधवार पारित गरेको हो। उनीहरू विरुद्ध समितिमा छ थान उजुरी दर्ता भएको थियो ।
समितिले उनीहरुको नाममा परराष्ट्र मन्त्रालयलाई पठाएको छ । परराष्ट्रले सम्वन्धित देशमा एग्रीमोका लागि पत्र पठाउने छ । उक्त देशवाट स्वीकृत भएर आएपछि राष्ट्रपतिले नियुक्त गर्ने छन् ।
-लक्की शेर्पा (अस्ट्रेलिया)
-निरञ्जनकुमार थापा (इजरायल)
– शर्मिला पराजुली (ओमान)
– रमेशप्रसाद कोइराला (कतार)
– अर्जनुजङ्गबहादुर सिंह (गणतन्त्र कोरिया)
-प्रतिभा राणा (जापान)
-युवनाथ लम्साल (डेनमार्क)
-चोपलाल भुसाल (बङ्गलादेश)
-पदम सुन्दास (बहराइन)
-भीमकृष्ण उदास (म्यान्मा)
-विश्वम्भर प्याकुरेल (श्रीलङ्का)
-महेन्द्रप्रसादसिंह राजपुत (साउदी अरेबिया)
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा