सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
देशमा कोरोना कहर चाप बढिरहँदा सेयर बजारमा भने उछाल आएको छ ।
निषेधाज्ञाका कारण देशका अधिकांश जिल्लामा व्यापार–व्यवसाय ठप्पप्राय हुँदा लगानीकर्ताको ध्यान सेयर बजारमा तानिएको छ ।
जसका कारण सेयर बजारमा हरियाली छाउनुका साथै नयाँ रेकर्डसमेत बनेको छ । साताको पहिलो कारोबार दिनमा नेप्से परिसूचक ५४.२१ अङ्कले बढेर २७३८.२९ को बिन्दुमा पुगेको छ ।
यो नयाँ रेकर्ड हो । त्यस्तै, कारोबार पनि १० अर्ब ४० करोड ३८ लाख ७९ हजार रुपियाँको भएको छ । यो उच्च कारोबार हो । नेप्सेको अनलाइन सिस्टममा सुधार आउँदा, बजारमा प्रशस्त तरलता हुँदा र विदेशमा बस्ने नेपालीले समेत सहजै लगानी गर्नसक्ने अवस्थाका कारण अहिलेको बजार बढेको लगानीकर्ताको भनाइ छ ।
गोरखापत्र दैनिक
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा