सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी/खार्तुम । सुडानमा सेनाको कु प्रयास असफल भएको छ । सेनाको एउटा समूहले गरेको कु प्रयासलाई बिफल पारिदिएको सुडानका अधिकारीहरुले दाबी गरेका छन् । अहिले त्यहाँको सेना संयमित र सरकारको निगरानीमा रहेको बताइएको छ ।
यसअघि सरकार नियन्त्रित टेलिभिजनले सर्वसाधरणलाई सेनाको प्रयत्नलाई प्रतिवाद गर्न सार्वजनिक रूपमा आव्हान गरेको विवरण सार्वजनिक भएको थियो । सेनाको उच्च तहका अधिकारी र केही सिपाही पक्राउ परेको जनाइएको छ । तर, यसको आधिकारिक पुष्टि हुन सकेको छैन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा