सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सरकारले बालुवाटारस्थित ललिता निवासभित्र निर्माण भएका घर टहरा निर्माणको काम रोक्न पत्राचार गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई बुधबार पत्राचार गर्दै कानून विपरीत निर्माण भइरहेका संरचनाको काम रोक्न परिपत्र गरेको हो । गृह मन्त्रालयलाई समेत जानकारी गराएको पत्रमा मन्त्रीस्तरीय निर्णयबाट घर टहरा निर्माण भइरहेको भन्दै काम रोक्न र नक्सा पास सम्बन्धी काम रोक्न पनि भनिएको छ ।
‘वालुवाटारिस्थित ललिता निवास क्याम्प भित्रका केही जग्गामा हाल पनि घर टहरा निर्माण कार्य भइरहेको जानकारी प्राप्त भएकोले यसै पत्रसाथ संलग्न विवरणका जग्गामा नक्सा पास सम्बन्धी कार्य नगराउने व्यवस्था मिलाउन र कानुन विपरीत घर टहरा निर्माण कार्य भइरहेको भए निर्माण कार्य रोक्का गर्ने व्यवस्थाका लागि लेखी पठाउने भनी मन्त्रीस्तरबाट निर्णय भएको हुँदा समन्वय र सहयोगको लागि अनुरोध छ ।
भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले संघीय मालिमा तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख छ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री, तीन पूर्वमन्त्री, अख्तियारका पूर्वप्रमुख आयुक्तसहित एक सय ७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा यस अघि नै मुद्दा दायर गरिसकेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा