सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र ५, सोलिडारिटी कप च्याम्पियन कप्तान अनिल गुरुङ एसियन कप २०१९ छनोटमा फिलिपिन्ससँगको राष्ट्रिय टिममा स्थान बनाउन असफल भएका छन् । उनलाई हटाउँदै मुख्य प्रशिक्षक ग्योतोकु कोजीले २० सदस्यीय नेपाली टिम शुक्रबार घोषणा गरे ।
अनिल गत वर्ष बंगबन्धु गोल्डकप च्याम्पियन भएको नेपाली टोलीमा पनि थिएनन् । त्यसमा युवा खेलाडीको वर्चस्व थियो । उनले कात्तिकमा मलेसियामा सम्पन्न सोलिडारिटी कपमा भने कप्तानी जिम्मेवारी पाएका थिए । उनी अधिकांस समय बेन्चमै रहेपछि डिफेन्डर विराज महर्जनले ‘आर्मब्यान्ड’ लगाउने अवसर पाएका थिए ।सोलिडारिटी कपको फाइनलमा मकाउलाई १–० ले हराएको खेलमा पनि अनिलले इन्ज्युरी समयको दोस्रो मिनेटमा मात्र मैदानमा छिर्ने अवसर पाएका थिए ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा