सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
४ चैत, विराटनगर । विराटनगर टंकीस्थित म्याजिक चप्पल कारखानामा भीषण आगलागी भएको छ ।शुक्रबार बिहान चार बजेतिर लागेको आगो नियन्त्रणको प्रयास भइरहेको छ । तर आगो नियन्त्रणमा आउन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक संदीप भण्डारीका अनुसार आगो नियन्त्रणको प्रयास जारी छ । आगो नियन्त्रणका लागि राजविराज, दमक, धरान इटहरी विराटनगरका वरुण यन्त्रको सहयोगमा प्रहरी, नेपाली सेना र स्थानीयवासी जुटेका छन् ।आगलागीको कारण खुल्न सकेको छैन । क्षतिको विवरण आउन बाँकी छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा