सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धादिङ । उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारमा डोजरले फालेको माटाले पुरिएर आज अपराह्न एक महिलाको मृत्यु भएको छ । सडक पिचका लागि बाटो फराकिलो पार्ने क्रममा बाटो खन्दै गर्दा पुरिएर त्रिपुरासुन्दरी – १ की ४५ वर्षीया सरस्वती कुमालको मृत्यु भएको हो ।
सडक निर्माणका क्रममा माटो फालिरहेका बेला बाटो पार गर्नेक्रममा कुमाल पुरिनुभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए । । शव परीक्षणका लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा