सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनी आबद्ध टोली होबार्ट हुरिकेन्स सात रनले विजयी भएको छ ।
अस्ट्रेलियामा जारी बिग बास लिगमा लामिछानेले सिड्नी सिक्सर्र्सविरुद्धको खेलमा दुई विकेट लिएका हुन् । टस जितेर सिड्नी सिक्सर्सले फिल्डिङ रोजेपछि होबार्टले २० ओभरमा आठ विकेट गुमाएर १८८ रन बनायो ।
सिड्नीले २० ओभरमा आठ विकेट गुमाएर १८१ रन मात्र बनाउन सक्यो ।
होबार्टका लागि लामिछानेले चार ओभरमा २४ रन खर्चिनुभयो । उनले यसक्रममा तीन चौकासमेत विपक्षी खेलाडीलाई हान्ने मौका दिए । लामिछानेले सिड्नीका ब्याट्सम्यान मोइसेस हेनरिकलाई ४३ रनमा तथा डेनियल क्रिस्टियनलाई रन नै बनाउन नदिइकन पेभेलियन फर्काए ।
यसअघिको खेलमा समेत उनले दुई विकेट लिएका थिए । उनले बिग बासमा हालसम्म सात खेलमा आठ विकेट लिइसकेका छन् । लामिछाने आबद्ध टोली होबार्ट हालसम्म २७ अङ्क जोड्दै लिगको पाँचौँ स्थानमा रहेको छ ।
होबार्टले अब मङ्गलबार मेलबर्न रेनेगेड्ससँग खेल्ने छ । उक्त खेलमा विजयी भएमा होबार्ट अर्को चरणमा प्रवेश गर्ने सम्भावना कायमै रहने छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा