सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सडक विस्तारसँगै बुटवल–बेलहिया व्यापारिक मार्गलाई उज्यालो बनाउने उद्देश्य अनुरुप सोलार बत्ति जडान सुरु गरिएको छ। रातिको समयमा समेत सडकलाई उज्यालो र आकर्षक बनाउन व्यापारिक मार्ग परियोजनाले सोलार राख्न लागेको हो। बुटवलदेखि बेलहियासम्मको निर्माणाधिन २७ किलोमिटर यो सडक नेपालमा निर्माण भईरहेका ठूला आयोजना मध्येको एक हो। निर्माण सकिएको क्षेत्रमा अहिले सोलार जडान गरी उज्यालो बनाउन थालिएको छ। व्यापारिक मार्ग परियोजनाका इन्जिनियर लिलाबहादुर भण्डारीले सडक निर्माण पुरा भएको बुटवल राजमार्ग चौराहदेखि ड्राइभरटोल र बेलहिया देखि भैरहवा देवकोटा चोकसम्म पहिलो चरणमा १ सय ५० वटा सोलार प्यानल जडान गर्न लागिएको जानकारी दिए।
बुटवलतर्फ १ सय १० र भैरहवातर्फ ४० वटा गरी एकसय ५० वटा सोलार प्यानल जडानको लागि महेश निर्माण सेवा नवलपरासीसँग २ करोड ५० लाख रुपैयामाँ ठेक्का सम्झौता भई काम शुरु गरिएको भण्डारीले बताए।उनका अनुसार निर्माण सेवा कम्पनीले सोलार लाइटसँगै सोही रकममा रातको समयमा चम्किने ७६ वटा ट्राफिक साईन बोर्ड र योगिकुटी चोकमा दुई वटा कल्भर्ट समेत निर्माण गर्नेगरी सम्झौता भएको हो।
प्रति सोलार १ लाख ३० हजार लागत पर्न गएको छ। १२ घण्टा बत्ति बल्ने क्षमताको उक्त सोलार प्यानलमा १२ भोल्टको व्याट्रि, दुईतर्फ ३०–३० वाटको सोलार लिड लाईट जडान हुने छन्।
प्रत्येक ३० मिटरको दुरीमा एक–एक सोलार जडान भइरहेकोे भण्डारीले बताए। बुटवल बेलहिया २७ किलोमिटर दुरीमा सात सय वटा सोलार बत्ती जडान हुनेछन्। सोलार जडानसँगै अब ड्राइभरटोलदेखि राजमार्ग चौराहसम्मको सडक झलमल्ल हुने छ। कालिकाचोक, चौराहा, योगिकुटी आदि स्थानमा रातको समयमा टल्किने बोर्ड राख्दा सडकको दायाँबायाँ सर्भिस लेनका लागि छुट्टाईएको ६ मिटर र सवारी चालक दुवैमा फाइदा हुने विश्वास लिईएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा