सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल बंगलादेश बैंकले भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर १ सिरुटारमा ९९औं शाखा विस्तार गरी सञ्चालनमा ल्याएको छ ।
उक्त शाखाको उद्घाटन पूर्वउद्योगमन्त्री महेश बस्नेतले गरेको बैंकले जनाएको छ । उक्त शाखा परिसरमा एटिएम पनि सुरु गरिएको बैंकले जनाएको छ ।
बैंकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले नयाँ शाखा विस्तार गरेको जनाएको छ । सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा