• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ७, शनिबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • हावाहुरीको कारण मृत्यु हुने तीन जनाको सनाखत

      काठमाडाैँ महानगरपालिका- ८ मा कांग्रेसको प्यानलै विजयी

      यो विजयलाई विकासमा बदल्ने सङ्कल्प गर्ने बेला होः अध्यक्ष प्रचण्ड

      अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा बने शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल

      काठमाडौंको नागार्जुन नगरपालिकामा कांग्रेसका बस्नेत निर्वाचित

      निर्वाचनमा फूलमाला बिक्री बढ्यो

      कञ्चनपुरमा जीपको ठक्करबाट दुई जनाको मृत्यु

      बोदेवर्साइनको नगरप्रमुखमा यादव निर्वाचित

      इलामको सूर्योदय नगरको मेयरमा एकीकृत समाजवादीका राई विजयी

      ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा एमालेका श्रेष्ठ निर्वाचित

      भरतपुरमा पाँच हजार बढीले दाहालको अग्रता

      पाथीभरामा एक तीर्थयात्रीको मृत्यु

      धनगढीमा स्वतन्त्र उमेदवार हमालको ११ हजारको मतान्तर

      काठमाडौँमा बालेनले कटाए ३३ हजार मत

      विद्यार्थीका हातमा कहिलेसम्म पाठ्यपुस्तक पुग्छ ?

    होमपेज / खेलकुद

    केन्याविरुद्ध नेपाललाई जिताउने यि हुन्; ४ हिरो

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र १, मंगलबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : २ मिनेट
    फाईल तस्विर

    ३० फागुन, काठमाडौं । केन्याविरुद्धको दोस्रो म्याचमा नेपालले उत्कृष्ट क्रिकेट खेल्यो । बलिङ, ब्याटिङ र फिल्डिङ तीनवटै क्षेत्रमा नेपालको प्रदर्शन अब्बल थियो ।अघिल्लो म्याचमा निराश बनाएका ब्याट्सम्यानहरुले दोस्रो म्याचमा निकै सुधारिएको प्रदर्शन गरे । नेपालका ब्याट्सम्यान विपक्षी बलरहरुमाथि पूर्णरुपमा हावी भएका थिए । नेपालको बलिङ धारिलो थियो भने फिल्डिङ पनि निकै चुस्त रह्यो ।यो जितका लागि सबै खेलाडीहरु बधाईका पात्र छन् । तर यहाँ हामीले खेलाडीहरुको व्यक्तिगत प्रदर्शनका आधारमा आजको म्याचका चार नायकहरु छनोट गरेका छौं ।

    लजालु दिपेन्द्रको विस्फोटक ब्याटिङ:यू-१९ बाट राष्ट्रिय क्रिकेट टोलीमा आफ्नो स्थान बनाएका दिपेन्द्र सिंह ऐरी आफ्नो दोस्रो म्याच खेलिरहेका थिए । तर, मैदानमा उनको प्रदर्शन परिपक्व ब्याट्सम्यान भन्दा कम थिएन ।

    लगातार दुई विकेट गएको अवस्थामा उनी मैदान प्रवेश गरेका थिए । उनलाई चौंथो नम्बरमा ब्याटिङ गर्न पठाइएको थियो जहाँ नेपालका नियमित कप्तान पारस खड्काले ब्याटिङ गर्ने गर्थे । र, आजको म्याचबाट दिपेन्द्रले आफूलाई प्रमाणित गरेका छन् ।
    दिपेन्द्रले ब्याटिङ गरिरहँदा यस्तो लाग्दैनथ्यो कि उनी सिनियर टोलीबाट दोस्रो म्याच खेलिरहेका छन् । अर्को इन्डबाट खेलिरहेका कप्तान ज्ञानेन्द्र मल्लभन्दा प्राविधिकरुपमा उनी कमजोर देखिएनन् ।

    उनको स्ट्राइक रेट पनि उच्च रह्यो । आफ्नो ६२ रनको इनिङमा उनले ८ चौका र एक छक्का प्रहार गरे । उनका प्रत्येक बाउन्ड्रीहरु हेर्नलायक थिए । विकेटको दुवैतर्फ उनले रन बटुले ।केन्याविरुद्धको पहिलो म्याचमा दिपेन्द्रले फरक शैलीमा ब्याटिङ गरेका थिए । नेपालको इनिङ लड्खडाएका बेला उनी निकै सम्हालिएर खेल्ने प्रयास गरेका थिए ।यसबाट उनी सिचुयसनअनुसार आफूलाई ढाल्न सक्छन् भन्ने प्रमाणित हुन्छ । दिपेन्द्रको ब्याटिङले नेपालको मध्यक्रममा एक उत्कृष्ट ब्याट्सम्यानको आगमन भएको आभास मिलेको छ ।

    नेपाली टोलीका प्रशिक्षक जगत टमाटा र कप्तान ज्ञानेन्द्र मल्लले पनि उनको तारिफ गरेका छन् । टमाटाको शब्दमा भन्दा नेपालले मिडिल अर्डरमा एउटा नयाँ खम्बा भेटाएको छ ।खेलपछि पत्रकारहरुसँग कुरा गर्दा दिपेन्द्र फेरि लजालु स्वभावमा देखिए । र, भने-अगाडि कप्तान थियो । उहाँले सल्लाह दिइरहनु भएको थियो । अर्धशतक बनाएकोमा खुसी लाग्यो ।’

    ज्ञानेन्द्र मल्लको कप्तानी इनिङ:नियमित कप्तान पारस खड्काको अनुपस्थितिमा कार्यवाहक कप्तान ज्ञानेन्द्र मल्लको काँधमा ठूलो जिम्मेवारी थियो । केन्याविरुद्धको दोस्रो म्याचमा उनी आफ्नो भूमिकामा खरो उत्रिए ।कप्तान र ओपनिङ ब्याट्सम्यान दुवै भूमिकामा ज्ञानेन्द्रले न्याय गरे । मेहबुबलाई सुरुवाति ओभरमा बलिङ गराउने र शरद भेषावकरलाई पार्टटाइम बलरका रुपमा प्रयोग गर्ने उनको निर्णय तारिफयोग्य छ । पार्टटाइम बलर शरदलाई उनले सात ओभर बलिङ गर्न दि, जुन मास्टरस्ट्रोक सावित भयो । अन्य बलरहरुलाई पनि उनले राम्ररी रोटेट गरे ।

    ब्याटिङमा पनि ज्ञानेन्द्रको ६४ रनको इनिङ त्रुटीरहित थियो । उनले कुनै पनि सट हड्वडाएर खेलेनन् । अर्को इन्डबाट दिपेन्द्र ऐरीले आक्रामक सट हानिरहँदा उनी संयमित भएर खेलिरहेका थिए ।तर, लुज बलहरुलाई सजाय दिन पछि परेनन् । ज्ञानेन्द्रले आफ्नो इनिङमा ८ चौका र एक छक्का प्रहार गरे ।

    नेपालले पुरानै मेहेबुब आलम पायो:केन्याविरुद्धको दोस्रो म्याचमा भेट्रान अलराउण्डर महबुब आलमले सनसनीपूर्ण बलिङ गरे । प्रारम्भिक बलरका रुपमा आएका उनले पहिलो ओभरमा दुई रन दिएका थिए भने त्यसपछि लगातार ५ मेडन ओभर फाले । यस क्रममा दुई महत्वपूर्ण विकेट झारेर केन्यालाई दबावमा राखे । लगातार सात ओभर बलिङ गरेका मेहेबुबले केवल ११ रन खर्चेका थिए ।

    आजको प्रदर्शनले मेहेबुबको पुराना दिनहरुलाई सम्झाएको छ । कुनै समय नेपालका एक नम्बर बलर थिए उनी ।एकदिवसीय क्रिकेटको इतिहासमा विपक्षी टोलीको १० वटै विकेट लिने उनी विश्वकै एक मात्र बलर हुन् । सन् २००८ मा मोजाम्बिकविरुद्ध उनले यो अद्भुत सफलता प्राप्त गरेका थिए ।तर पछिल्लो समय र्फम खस्केपछि उनी झण्डै २ वर्ष नेपाली राष्ट्रिय टोलीबाट बाहिर रहेका थिए ।

    पछिल्लो समय उनले आफूलाई सुधार गर्दै टिममा स्थान बनाएका थिए । र, सोमबारको प्रदर्शनले आफूलाई टिममा राख्ने र खेलाउने कप्तान र कोचको निर्णयलाई सही सावित गरिदिए । प्रशिक्षक टमाटा भन्छन्, हामीले पुरानै महबुब पाएका छौं ।’पहिलो म्याचमा उनले बलिङ गरेका थिएनन् । ब्याटिङमा भने उनको प्रदर्शन उलेख्य रहेन । तर, दोस्रो म्याचमा उनलाई सोमपाल कामीको जोडीको रुपमा बलिङ गर्न लगाइयो र उनले सोमपाललाई ओझेलमा पारे ।

    बलिङमा चम्किए, अनि छक्का हान्दै जिताए:अनुभवी क्रिकेटर शरद भेषावकरबाट नेपालले ब्याटिङमा धेरै आशा गरेको थियो । तर, अनपेक्षितरुपमा उनी बलिङमा चम्किए ।केन्याका करिम र ओबुयाले तेस्रो विकेटका लागि बनाएको साझेदारी नेपालका लागि खतरा बन्दै गएको अवस्थामा कप्तान ज्ञानेन्द्रले पार्टटाइम स्पिनर भेषावकरलाई बलिङमा उतारेका थिए, जुन आफैंमा एउटा जोखिम थियो । तर, कप्तानको निर्णयलाई सही सावित गर्दै भेषावकरले चार महत्वपूर्ण विकेट लिएर केन्याको इनिङ धराशायी पारे ।

    शरदको बलिङ निकै किफायती पनि रह्यो । उनले ७ं.१ ओभर बलिङ गर्दा २८ रन मात्र खर्च गरेका थिए ।उनी बलिङमा मात्र चम्किएनन्, आफनो फिनिसरको पहिचान पनि जोगाउन सफल भए । सोमबारको म्याचमा उनले आक्रामक सटहरु खेल्दै नेपाललाई जित दिलाएका थिए । भेषावकरले केवल ११ बलमा ४ चौका र एक छक्कासहित २४ रन बनाए । उनले अन्तिम दुई बलमा चौका र छक्का हान्दै नेपाललाई जित दिलाएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    ओसिलो मैदानका कारण टस ढिला हुने

    नेपाल युगान्डासँग तेस्रो खेलमा पनि पराजित

    टी–२० लिग आगामी असोज ८ गतेदेखि त्रिवि मैदानमा

    नेपाल युगाण्डा विरुद्ध दोस्रो टी–२० खेल आज खेल्दै

    नेपालले युगान्डासँग ५ ओटा महिला टी–२० सिरिज खेल्ने

    पीएसजी बराबरीमा रोकियो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हावाहुरीको कारण मृत्यु हुने तीन जनाको सनाखत

    काठमाडाैँ महानगरपालिका- ८ मा कांग्रेसको प्यानलै विजयी

    यो विजयलाई विकासमा बदल्ने सङ्कल्प गर्ने बेला होः अध्यक्ष प्रचण्ड

    अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा बने शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल

    काठमाडौंको नागार्जुन नगरपालिकामा कांग्रेसका बस्नेत निर्वाचित

    पाथीभरामा एक तीर्थयात्रीको मृत्यु

    धनगढीमा स्वतन्त्र उमेदवार हमालको ११ हजारको मतान्तर

    काठमाडौँमा बालेनले कटाए ३३ हजार मत

    राष्ट्रपतिले जेठ १० गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

    एआईजीमा बढुवा भएका लामाले लगाए दर्ज्यानी चिन्ह

    हावाहुरीको कारण मृत्यु हुने तीन जनाको सनाखत

    कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपाको शुरुवाती अग्रता

    नार्पाभूमिमा लामा र चामेमा घले विजयी

    आज बैशाख ३१ गते शनिबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    मतदानपछि देउवा–ओली जुहारी

    बुटवलमा ३०० मत गन्दा कांग्रेसकाे अग्रता, पछ्याउदै राप्रपा

    काठमाडाैंकाे शंखरापुर नगरपालिकाको मेयरमा एमालेको अग्रता

    स्थानीय तह निर्वाचन : ३९ स्थान कांग्रेसको अग्रता, दोस्रोमा एमाले

    आर्थिक

    १६ अंकले घटेर २२३५ बिन्दुमा नेप्से

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑