सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ – राप्रपा अध्यक्ष कमल थापा पार्टी परित्याग गरेका वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीको खरो आलोचनामा उत्रिएका छन् ।सोमबार बिहान लगातार चारवटा ट्वीट गर्दै उपप्रधानमन्त्री समेत रहेका थापाले लोहनीले आफूमाथि लगाएको आरोपहरुको खण्डन गरेका हुन् ।लोहनीले आइतबार पार्टी परित्यागको घोषणा गर्दा संयमित प्रतिक्रिया जनाएका थापा सोमबार भने आक्रमक रुपमा प्रस्तुत भएका छन् ।लोहनीले पार्टी छाडेपछि आइतबार आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलबाट थापाले लोहनीले पार्टी परित्याग गर्दा आफू दुखित भएको र यस्तो अपेक्षा नगरेको बताएका थिए ।तर, सोमबार बिहान उनी निकै आक्रामक शैलीमा प्रस्तुत हुँदै लोहनीले राष्ट्रियताको कुरा गरेको नसुहाउने बताएका छन् ।
लगातार चारवटा ट्वीट गरेका थापाले पहिलो ट्वीटमा लेखेका छन् :
हिजो गणतन्त्रमा भोट हालेका र परासीदेखि बर्दियासम्म मधेस मात्रको प्रदेश प्रस्तावका लेखकले पार्टी छोड्दै चर्को राष्ट्रियताको कुरा गरेको सुहाएन ।
त्यसपछि दोस्रो ट्वीटमा उनले लेखेका छन् :
दोहराएर भन्छु -राप्रपाले संसदमा हाल बिचाराधिन विधेयकको पक्षमा मत दिंदैन। निर्णयार्थ पेश भए बिपक्षमा भोट हाल्छ। आफ्नो स्वार्थकालागि भ्रम नछरौं ।
तेस्रो ट्वीट :
हामी सरकारमा जानु अगावै राप्रपा सरकारमा थियो। चुनाव सुनिश्चितताकोलागि मात्र सरकारलाई नैतिक बलदिन शिर्षतहमा सहभागि भएको हो।भ्रमको खेती नगरौं ।
चौँथो ट्वीट :
पार्टी एकिकरण गर्दा भएको लिखित सम्झौता अनुरूप पार्टीको चुनाव चिन्ह वारे निर्णय भएको हो।लिखित सम्झौता बाहेक अरु कुनै गोप्य सहमति भएको थिएन ।
यति मात्र होइन लोहनीको आलोचना गर्दै सहायक महामन्त्री राजाराम बर्तौलाको ट्वीटहरुलाई पनि लाइक गरेका छन् ।लोहनीले नेतृत्वले हलो चुनाव चिन्ह राखिने विगतको समझदारीलाई लत्याएको, पार्टीमा कुनै छलफलै नरगी अध्यक्ष कमल थापा सरकारमा गएको लगायतका आरोप लगाउँदै पार्टी परित्याग गरेका थिए ।राप्रपा र राप्रपा नेपालबीच गत मंसिर ६ गतेमात्रै एकता भएको थियो भने गत फागुन ६ देखि ११ गतेसम्म एकता महाधिवेशन भएर कमल थापा अध्यक्षमा चयन भएका थिए ।
राप्रपाको साताअघि बसेको केन्द्रीय समिति बैठकले बहुमतको निर्णय भन्दै पार्टीको झण्डा र चुनाव चिन्हमा दुबै गाई राख्ने निर्णय गरेको थियो ।राप्रपा पक्षधर त्यसमा पनि लोहनीलगायतले निर्णयमा असन्तुष्टि जनाउँदै आएका थिए भने उनले सार्वजनिक रुपमै हलोप्रति विश्वास राख्नेहरुलाई धर्य गर्न अपिल गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा