सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । चीनले प्रविधिको माध्यमबाट नयाँँ नयाँ सफलता हासिल गरीरहेको छ । प्रविधिको मामलामा चिनले अमेरिका, रुस र जापान जस्ता शक्तिशाली र विकसित देशहरुलाई पनि पछाडि पारेको छ । चीनका वैज्ञानिकले कृत्रिम सुर्य परमाणु फ्यूजन रिएक्टरलाई सफलतापुर्वक सञ्चालनमा ल्याउदै विश्वमा दोस्रो सुर्यको दावीलाई साँचो बनाएर देखाएका छन् । यो यस्तो परमाणु फ्यूजन हो, जुन असली सुर्य भन्दा कैयौ गुणा धेरै प्रकाश दिनेछ । चीनको सरकारी मिडियाले शुक्रवार आफनो रिपोर्टमा यो दावी गरेको हो ।
चीनको कृत्रिम सुर्य बनाउने यो कोशिश कैयौ बर्षदेखी जारी थियो । कृत्रिम सुर्यको सफलताले चीनको विज्ञानको विश्वलाई त्यो स्थानमा पुर्याएको छ, जहाँ अहिलेसम्म अमेरिका, जापान जस्ता प्राविधिक रुपमा बलिया देशहरु पुग्न सकेका छैनन् ।
न्यूक्लियर रिसर्चको कमाल
चीनको मिडिया रिपोर्टका अनुसार, चीनले यो प्रोजेक्टको शुरुवात २००६ मा गरेको थियो । चीनले कृत्रिम सुर्यलाई एचएल–२एम (HL-2M) नाम दिएको छ, यसलाई चाइना नेशनल न्यूक्लियर कर्पोरेशनसँगै साउथवेस्टर्न इस्टिट्यूट अफ फिजिक्स का वैज्ञानिकहरुले मिलेर बनाएका हुन् । यो प्रोजेक्टको उदेश्य यो पनि थियो कि प्रतिकुल मौसममा पनि सोलार इनर्जिलाई बनाउन सकियोस । कृत्रिम सुर्यको प्रकाश असली सुर्यको जस्तै तेज हुनेछ । परमाणु फ्यूजन को मद्यतले तयार पारीएको यो सुर्यको नियन्त्रण पनि यहि ब्यवस्था अनुरुप हुनेछ ।
१५० मिलियनसम्म रहनेछ तापमान
चीनीया मिडिया रिपोर्टमा दावी गरीएको छ कि कृत्रिम सुर्यको कार्यप्रणालीमा एउटा शक्तिशाल चुम्बकिय क्षेत्रको उपयोग गरीन्छ । यही दौरान यो १५० मिलियन यानी १५ करोड डिग्री सेल्सियसको तापमान हासिल गर्न सक्दछ । पीपुल्स डेलीका अनुसार, यो सक्कली सुर्यको तुलनामा १० गुणा बढि तातो छ ।
असली सुर्यको तापमान करीब १५ मिलियन डिग्री सेल्सियस छ । धरतीमा हाल रहेको न्यूक्लियर रियेक्टर्सको कुरा गर्ने हो भने, यहाँ उर्जा उत्पन्न गर्नको लागी विखंडन प्रक्रियाको प्रयोग हुन्छ । यो तब हुन्छ, जब गर्मी परमाणुलाई विभाजन गरेर उत्पन्न हुन्छ । परमाणु फ्यूजन वास्तवमा सुर्यममा हुने गर्दछ र यसैको आधारमा चीनले एचएल–२एम बनाएको हो ।
सिचुआनमा गरीएको हो यसको निर्माण
चीनको सिचुआन प्रान्तमा रहेको यो रियक्टरलाई प्राय कृत्रिम सुर्य भनिन्छ । यो असली सुर्यको जस्तै प्रचण्ड गर्मी र बिजुली पैदा गर्न सक्दछ । चीनीया रिपोर्टका अनुसार, न्यूक्लियर फ्यूजन इनर्जीको विकास चीनको सामरिक उर्जा आवश्यकतालाई पुरा गरेसँगै चीनको इनर्जी र आर्थिक सतत विकासमा सहायक सिद्ध हुनेछ ।
कति लागत लाग्यो नक्कली सुर्य बनाउन
फ्यूजन प्राप्त गर्नु धेरै कठिन छ र यो प्रोजेक्ट यानी आईटीईआरको कुल लागत २२.५ बिलियन डलर छ । विश्वको कैयौ देश कृत्रिम सुर्य बनाउने कोशिश गरीरहेका थिए, तर तातो प्लाज्मालाई एक ठाउँमा राख्नु् र त्यसबाट फ्यूजन सम्म एकै अवस्था राख्नु सबैभन्दा गाह्रो भईरहेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा