सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली फुटबलप्रेमी माझ समेत लोकप्रिय महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । ६० वर्षीय म्याराडोनाको हृदयाघातबाट नेपाली समय अनुसार बुधबार राति निधन भएको एजेन्सीहरुले जनाएका छन् । म्याराडोनाको परिवारले उनको निधन पुष्टि गरेको हो ।
म्याराडोनाकै कारण अहिले पनि विश्वकप लगायत अमेरिकी फुटबल प्रतियोगितामा अर्जेन्टिनी टोलीको समर्थन गर्ने नेपाली तुलनात्मक रुपमा धेरै छन् ।
नोभेम्बरको सुरुतिर मस्तिष्कमा जमेको रगतको अपरेसन गराएका म्याराडोनाले अल्कोहलमाथिको निर्भरता हटाउने उपचार गराइरहेका थिए ।
सन् १९८६ मा म्याराडोना क्याप्टेन भएका बेला अर्जेन्टिनाको राष्ट्रिय टोलीले विश्वकप फुटबलको उपाधि जितेको थियो ।
अर्जेन्टिनी फुटबल एसोसिएसनले आफ्नो ट्विटरमा एक विज्ञप्ति जारी गर्दै म्याराडोनाको निधनप्रति गहिरो दुःख व्यक्त गरको छ । एसोसिएसनको विज्ञप्तिमा भनिएको छ, ‘तिमीसधैं हाम्रो हृदयमा हुनेछौ ।’
म्याराडोनाले उनको क्लब करिअरमा बार्सिलोना र नेपोलीबाट पनि फुटबल खेलेका थिए । उनले खेल्दा इटालीले दुईपटक सिरी ए उपाधि जितेको बेलायती समाचार संस्था बिबिसीले जनाएको छ । म्याराडोनाले अर्जेन्टिनाका लागि ९१ खेलमा ३४ गोल गरेका छन्, जसमा चारवटा विश्वकप थिए ।
इटलीमा सन् १९९० मा भएको विश्वकप फाइनलमा म्याराडोनाले अर्जेन्टिनाको नेतृत्व गरेका थिए । उक्त स्पर्धामा अर्जेन्टिना जर्मनीसँग पराजित भएको थियो । सन् १९९४ को विश्वकपमा पनि उनी अर्जेन्टिनी टोलीको नेतृत्व गर्दै अमेरिका पुगेका थिए । तर औषधी परीक्षणमा असफल भएपछि उनी स्वदेश फर्केका थिए ।
आफ्नो करिअरको दोस्रो उत्तरार्द्धमा म्याराडोना कोकिनको कुलतमा फसे । सन् १९९१ मा औषधी परीक्षणमा पोजेटिभ भएपछि उनीमाथि १५ महिने प्रतिबन्ध लागेको थियो ।
म्याराडोनाले सन् १९९७ मा आफ्नो ३७औं जन्मदिनमा व्यावसायिक फुटबलबाट अवकाश घोषणा गरे । सन् २००८ मा उनी अर्जेन्टिनाको राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षक नियुक्त भए र २०१० को विश्वकप पछि प्रशिक्षक पद छाडे । २०१० को विश्वकपमा अर्जेन्टिना जर्मनीसँग क्वार्टरफाइनलमा पराजित भएको थियो ।
त्यसपछि उनले युनाइटेड अरब इमिरेट्स र मेक्सिकोको राष्ट्रिय फुटबल टोलीको व्यवस्थापन गरे । पछिल्लो समय उनी अर्जेन्टिनाको उपल्लो तहको गिम्नासिया वाई इस्ग्रिमाको प्रमुख थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा