सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं । सुगम संगीतमा निकै सफल मानिएका गायक प्रमोद खरेलको आवाजमा रहेको ‘दुनियाँलाई हसाई हसाई’ गीतको भिडियो सार्वजनिक भएको छ । जिवनमा आइपर्ने प्रेम र विछोडलाई गीतमा समेटिएको छ । आफनो मायामा घात गर्दाको पिडालाई गीतमा समेटिएको छ ।
ज्ञान बहादुर गुरुङको शब्द तथा टेक नारायण चापागाईँको संगीत संयोजन गीतमा रहेको छ । मायालुले आफुलाई छोडि पराईको साथमा जादाँको पिडालाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।
दिपक गिरीको छायाँकन , निशान एस के को सम्पादन तथा निर्देशन भिडियोमा छ । ‘दुनियाँलाई हसाई हसाई’ गीतको भिडियोमा समिर खान , गरिमा शर्मा र मोक्तर खानको अभिनय रहेको छ ।
‘दुनियाँलाई हसाई हसाई’ गीतको पुरा भिडियो :
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा