सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपां) का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई आफनै कार्यकताहरुले कालो झण्डा देखाई नाराबाजी गरेका छन् ।
पाण्डेलाई गृह जिल्लामै आक्रोसित कार्यकर्ताले पाण्डेले सम्बोधन गरिरहेको कार्यक्रम नै बिथोलेर बोल्न समेत रोकेका थिए । पूर्वअर्थमन्त्री समेत रहेका पाण्डे चितवन क्षेत्र नं. १ बाट नेकपाका प्रतिनिधिसभा सदस्य हुन् ।
गुटबन्दीमा लागेको भन्दै राप्ती नगरपालिका कमिटीले आयोजना गरेको कार्यक्रममा पाण्डेलाई आफ्नै कार्यकर्ताले बहिष्कार गर्दै कालोझण्डा देखाएर नाराबाजी गरेका हुन ।
विकास निर्माण तथा संसद विकास कोषको विषयमा छलफल गर्ने भनि भनेको तर विकास निर्माणको एक शब्द पनि उल्लेख नगरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली विरुद्ध अनैतिक शब्दहरु प्रयोग गरेको भन्दै कार्यकर्ताले पाण्डेको बिरोध गरेका हुन् ।
पछिल्लो समय सत्तारुढ नेकपाका बरिष्ठ नेताहरु बिच अन्तरविरोध चलिरहेको बेला जिल्ला जिल्लासम्म यस किसिमको गुटबन्दिले नेकपा चरम संकटमा रहेको बुझ्न सकिन्छ । पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दहाल बिचको सम्बन्ध बिग्रिएसँगै नेता तथा कार्यकताहरु पनि दुई ध्रुब्रमा बाडिएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा