सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कास्की । गण्डकी प्रदेशअन्तर्गत आज नवलपरासी (पूर्व) र तनहुँमा भएका दुर्घटनामा तीन जना घाइते भएका छन् । नवलपरसी (पूर्व) कावासोती नगरपालिका–१७ बरौलीस्थित भित्री सडकखण्डमा बरौलीबाट गोछडातर्फ जाँदै गरेको ना २१ प ७१०६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ४६ प ८६९४ नम्बरको स्कुटर एकापसमा ठोकिंदा स्कुटर चालक कावासोती नगरपालिका–१५ शेरगन्जका जीतबहादुर मर्दिनया र मोटरसाइकल चालक सोही नगरपालिका–१७ का निमबहादुर लामिछाने घाइते भएका छन् । घाइते दुवैलाई उपचारार्थ मध्यविन्दु जिल्ला अस्पताल डण्डा पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।
त्यस्तै आजै तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुस्थित पृथ्वी राजमार्गमा गोरखाबाट पोखरातर्फ जाँदै गरेको ना ५ ख ४६७ नम्बरको बसबाट मान्छे ओराल्ने क्रममा बसमा सवार म्याग्दे–७ का सोनम थापा अगाडिको ढोकाबाट खसेर घाइते भएको प्रहरीले जनाएको छ । घाइते थापालाई थर्पुस्थित म्याग्दे पोलिक्निकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि मेट्रोसिटी अस्पताल पोखरा पठाइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा