सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या पछिल्लो तीन महिनामा मंगलबार सबैभन्दा थोरै देखिएको छ ।
सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो तीन महिनाभित्रमा मंगलबार ४० हजारभन्दा थोरै संक्रमित भेटिएका हुन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घन्टामा भारतमा ३६ हजार ४७० जना संक्रमित भएको जनाएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या ७९ लाख ४६ हजार ४२९ पुगेको छ ।
त्यसैगरी, भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख १९ हजार ५०२ जनाको मृत्यु भएको छ । तीमध्ये ४८८ जनाको पछिल्लो २४ घन्टामा मृत्यु भएको हो ।
संक्रमणमुक्त हुनेको संख्या भारतमा ७२ लाख एक हजार ७० रहेको अधिकारीहरुले जनाएका छन् । सरकारी निकायले भारतमा कोरोना भाइरसबाट मुक्त भएकाको अनुपात ९०.६२ प्रतिशत रहेको पनि जानकारी दिएका छन् ।
त्यसैगरी, कोरोना संक्रमितमध्ये १.५० प्रतिशत मानिसको मात्रै मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
भारतमा अहिले सक्रिय संक्रमितको संख्या सात लाखभन्दा तल झरेको छ । अधिकारीहरुका अनुसार अहिले ६ लाख २५ हजार ८५७ जना संक्रमित अवस्थामै छन् ।
भारतमा केही हप्ता अगाडिसम्म कोरोना संक्रमित र मृतकको संख्या दिनप्रतिदिन बढ्दै गएकोमा पछिल्लो केही हप्ता अगाडिदेखि दैनिक रुपमा घट्दै गएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा