सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले बिहीबार पदभार ग्रहण गर्नुभएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री पौडेलले पदभार ग्रहण गर्नुभएको हो । बुधबार अर्थमन्त्री नियुक्त हुनुभएका उहाँले शीतल निवासमा शपथ ग्रहणलगत्तै मन्त्रालयमा आएर पदभार लिनुभएको हो । उहाँले विश्व बैंकसँग २० करोड रुपैयाँ ऋण लिने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।
सो रकम कोभिड १९ को रोकथामको लागि प्रयोग गरिने अर्थमन्त्रालयले जनाएको छ।
पदभारपछि मन्त्री पौडेलले कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँ दोस्रोपटक अर्थमन्त्री हुनुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा पनि उहाँ अर्थमन्त्री हुनुहुन्थ्यो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा