सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विनोद भण्डारी सहित पाँच खेलाडीलाई पाकिस्तान सुपर लिग क्रिकेटको ड्राफ्टमा राख्न प्रस्ताव गरेको छ ।
आइसीसीमार्फत क्यानले विनोद भण्डारीसहित आरिफ शेख, करण केसी, पवन सरार्फ र ललित नारायण राजवंशीलाई ड्राफ्टमा राख्न प्रस्ताव गरेको हो । प्रस्ताव पठाएसँगै आईसीसीले नेपालका पाँच खेलाडीलाई पाकिस्तान सुपर लिग (पीएसएल)को ड्राफ्टमा राख्न भूमिका खेल्नेछ । नवनिर्वाचित क्यानले अन्य फ्रेन्चाइज लिगमा पनि नेपाली खेलाडी समावेश गर्ने प्रक्रिया अघि बढाउने बताएको छ ।
पाकिस्तान क्रिकेट बोर्डको आयोजनामा यस वर्षको पाकिस्तान सुपर लिग फेब्रुअरी २० देखि मार्च २२ सम्म सञ्चालन गर्ने तयारी छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा