सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । छिमेकी चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण शनिबार सुरु गरेको छ । रेलमार्गको दुरी ५४० किलोमिटर हुनेछ । जटिल भौगोलिक क्षेत्र रहेकाले रेलमार्ग कम्तीमा सात वर्षमा पूरा हुने अनुमान छ ।
‘चीनले अब केरुङलाई रेलमार्गसँग जोड्ने निश्चित छ,’ बेइजिङस्थित नेपाली दूतावासका एक अधिकारीले अन्नपूर्णसँग भने, ‘केरुङ रेलमार्ग तिब्बत सरकारले प्राथमिकता हो । तर भौगोलिक जटिलताका कारण ढिलाइ भएको थियो । अब काम अघि बढेको छ ।’ नेपालमा निकै समयदेखि केरुङमा रेल आउने विषयमा चर्चा हुँदै आएको छ ।
केरुङमा रेल आएपछि काठमाडौँ ल्याउन सहज हुने विश्वास छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा