सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / टीकापुर, साउन १० । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले शुक्रबार एक कार्यक्रमका बीच टीकापुरको कर्णाली माध्यामिक विद्यालयको नव निर्मित चार कोठे भवनको उद्घाटन गरेका छन् । सामाजिक विकास मन्त्रालयको आर्थिक बर्ष २०७५र०७६ ओ बजेटमा यसै विद्यालयका लागि छुट्याएको फर्निचर सहित ३६ लाख रकममा भवन निर्माण भएको थियो । मन्त्री सुवेदीले भवन उद्घाटन लगत्तै स्कुलको पूर्वाधार, शैक्षिक गतिविधि र कक्षाकोठाहरुको अनुगमन समेत गरेका थिए ।
भवन उद्घाटन र अनुगमन सकिएपछी छलफल समेत गरिएको थियो, जस क्रममा विद्यालयका प्रध्यानाध्यापक धर्मराज शर्माले विद्यालय अहिल १३ सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको तर उनीहरुका लागि प्रयाप्त कक्षाकोठाहरु नभएको बताए । ूबाहिरबाट हेर्दा सम्पन्न जस्तै लाग्छ तर भित्रबाट अझै मिलेको छैन, धेरै कुराहरुको व्यवस्थापन गर्नुपर्ने छू शर्माले बताए । उनले मन्त्री सुवेदीलाई कक्षाकोठाको अनुगमनका क्रममा एउटै कोठामा १ सय ४७ जना बिद्यार्थीहरु पढिरहेको पनि देखाएका थिए । त्यसैलाई स्मरण गर्दै प्रध्यानाध्यापक शर्माले विद्यालयमा थप कक्षाकोठा आवश्यकता रहेको औल्याउदै धेरै विद्यार्थीहरु कैलाली जिल्लाका विभिन्न स्थानीय तह संगै सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाका समेत रहेको र उनीहरु टीकापुर महँगो भाडा तिरेर डेरामा बस्दै पढिरहेकाले उनीहरुका लागि एउटा छात्रावासको पनि आवश्यकता रहेको बताएका थिए ।
मन्त्री सुवेदीले अन्तिममा बोल्दै कर्णाली माध्यामिक विद्यालय कैलाली जिल्लाबाटै एउटा मात्र नमुना विद्यालयमा समावेश भएको बधाई दिदैं धेरै कुरा गर्छु भनेर झुटो आश्वासन दिनु भन्दा अहिल उद्घाटन गरेको भवन माथि तला थप्नका लागि मन्त्रालयले सहयोग गर्ने बताए । उनले यो वर्ष देखि लागु हुने गरि गत बर्ष सहयोग गरेको विद्यालयलाई अर्को बर्ष नगरी अर्को विद्यालयलाई अवसर दिने नीति बताएकाले त्यो नीति कर्णाली माध्यामिक विद्यालयको हकमा लागु हुन पनि सक्ने, नहुन पनि सक्ने दाबि गरे । उनले तत्काल छात्राबास आवश्यक छ कि १४७ जना विद्यार्थी पढाउने कक्षाकोठा भन्दै प्रश्न गर्दै मन्त्रीले यो कुरामा आफु निश्चित हुन अनुरोध समेत गरे । उनले एउटै कोठामा १४७ जना बिद्यार्थी रहेको यो सुदूरपश्चिमकै पहिलो विद्यालय हुनसक्ने अड्कल समेत लगाए ।
कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष गंगाराम आचार्य, नगरपालिकाका प्रवक्ता दिर्घ ठकुल्ला, उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं नेकपा नेता खडक शाह, नेकपा सुदूरपश्चिम प्रदेश सचिव नेप बहादुर चौधरी लगायत, समाजसेवी, पत्रकार, विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा