सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन १० । नेपाल र फ्रान्सबीचको कुटनीतिक सम्बन्ध ७० वर्ष पुगेको अवसरमा फ्रान्सेली दूतावासले पूर्व मिस नेपाल श्रृङ्खला खतिवडालाई ‘गुडविल एम्बासडर’ नियुक्त गरेर हिमाल आरोहणको व्यवस्था मिलाएको थियो ।
सोहि अवसरमा पूर्व मिस नेपाल खतिवडाले पश्चिम युरोपको सर्वोच्च शिखर मोन्ट ब्ल्यांकको सफल आरोहण गरेकी छन् ।
पश्चिम युरोपको सर्वोच्च शिखर मोन्ट ब्ल्यांकलाई अर्को नाम सेतो हिमालको नामले पनि चिनिन्छ । सो सेतो हिमालको उचाइ ४ हजार ८ सय ८ मिटर रहेको छ । यो इटाली र फ्रान्सको बीचमा अवस्थित रहेको छ । सो हिमाललाई हाइकिङ, क्लाइम्बिङ, ट्रेल रनिङ, स्किङ् र स्नो बोर्डिङका लागि लोकप्रिय मानिन्छ ।
पूर्व मिस नेपाल श्रृङ्खलाकी आमा मुनु सिग्देलले नेपाललाई विश्वसामु चिनाउन र नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि हिमाल आरोहण गरेको जानकारी दिएका छन् ।
श्रृङ्खला फ्रान्समा हिमाल चढेर फर्किएपछि अमेरिका जाने र युरोपका विभिन्न देशको भ्रमण गर्ने कार्यक्रम रहेको युरोप भ्रमणको डेढ महिनाको कार्यतालिले देखाएको छ ।
फ्रान्समा रहेको नेपाली दूतावासले श्रृङ्खलालाई सफलतापूर्वक हिमाल चढेर नेपाल र फ्रान्सको झण्डा फहराउन सफल भएकोमा बधाइ ज्ञापन गरेको छ ।
श्रृङ्खलाको आमा मुनु सिग्देलका अनुसार हिमालको सफल आरोहणपछि श्रृङ्खलाले साइकल रेस कार्यक्रममा सहभागी साइकलिस्ट र आयोजकसँग अन्तरक्रियासमेत गर्ने कार्यक्रम रहेको छ ।
यसैक्रममा, दूतावासले धेरै नेपाली पथ प्रदर्शक र प्याराग्लाइडरहरुले फ्रान्समा तालिम लिइरहेको र फ्रान्सका विभिन्न संघ संस्थाहरु पनि नेपालमा सक्रिय रहेकाले दुई देशबीच मजबुत सम्बन्धका लागि कार्यक्रम आयोजना गरेको जानकारी दिएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा