सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, असार ३० । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीबाट खटिएको प्रहरी टोलीले यही असार २९ गते १७:३० बजे काठमाण्डौ महानगरपालिका-२६ मित्रनगर नयाँ बसपार्कमा रहेको नेपाली तारा होटलबाट पेस्तोल सहित ३ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका-४ चौघडाका २९ बर्षिय प्रितम राई, ३७ बर्षिय राम कुमार राई र भारत दार्जिलिङ घर भई काठमाण्डौ टोखा बस्ने ३६ बर्षिय सविन खवास छन् ।
उनिहरूको साथबाट Barat Made in Italy लेखिएको अटोमेटीक पेस्तोल थान १ (एक) र पेस्तोल लाग्ने गोली ५ राउण्ड र २२० सि.सि.को बा. ६७ प. २६६६ र बा. ९९ प. १३०३ नम्बरको दुई थान मोटरसाईकल समेत बरामद गरेको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा