सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ ३१ । आज विश्व रक्तदान दिवस देशभरी विभिन्न कार्यक्रम गरी धुमधामका साथ मनाइँदै छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २००४ देखि संसारभर विश्व यो दिवस मनाइँदै आएका छन् ।
यसैक्रममा, आज ‘सुरक्षित रगत सबैका लागि’ नारासहित विश्व रक्तदाता दिवस मनाइँदै छ। ए, बी र ओ रक्त समूह पत्ता लगाई चिकित्सा विज्ञानको क्षेत्रमा नोबल पुरस्कार विजेता डा.कार्ल ल्यान्डस्टिनरको जन्मदिन पारेर रक्तदानको महत्वबारे जनचेतना फैलाउने उद्देश्यका साथ यो दिवस मनाइँदै आएको पाइन्छ ।
नेपालमा वार्षिक ३ लाख १५ हजार युनिट रगत खपत हुने र उपत्यकामा मात्र दैनिक ४ सय युनिट रगत आवश्यक पर्ने गरेको अनुमान लगाएको छ । चालू आर्थिक वर्षमा २ लाख ६२ हजार ४ सय ३९ जना रक्तदाता रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको तथ्यांकले जनाएको छ । तीन लाख ४४ हजार ९ सय ३३ जानमा रगत वितरण गरिएको तथ्यांकमा उल्लेख रहेको छ।
मानव शरीरमा औसत ५ दशमलव ५ लिटर रगत रहेको चिकित्सकले बताए । चिकित्सकका अनुसार मानिसको कुल वजनको ७ प्रतिशत रगत हुन्छ रगतमा प्लाज्मा ५४.३ प्रतिशत रातो रक्तकोषिका ४५ प्रतिशत र सेतो रक्तकोषिका ०.७ प्रतिशत रहेको हुन्छ।
रगत शरीरमा रहेको रातो तरल पदार्थ हो यो प्लाज्मा र रक्त कोषहरूको समिश्रणबाट बनेको हुन्छ भने, यसले शरीरका कोषहरूमा ग्लुकोज, एमिनो एसिडलगायत पोषक तत्वहरूसँगै अक्सिजनलगायत आवश्यक पदार्थहरू पुर्याउने काम गर्दछ। रगतले कार्वन डाइक्साइड, युरिया, ल्याक्टिक एसिड जस्ता काम नलाग्ने तत्वहरूलाई बाहिर निष्कासन गर्नसमेत सहयोग गर्ने काम गर्दछ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा