सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सलिम अन्सारी / प्युठान, जेठ ३० । प्युठान जिल्लाको प्युठान नगगरपालिका वडा नम्बर ९ मरन्ठानाका किसान एकीकृत खेतीतर्फ आकर्षित भएका छन् । गाउका १८ जना किसानहरुले गत बर्ष कुसुन्ढुङ्गा एकीकृत कृषि फार्म स्थापना गरी सामुहिक खेती थालेका हुन । कृषिमा आधुनिकीकरण गरी आर्थिक समृद्धि हासिल गर्न युवाहरू सामूहिक कृषि उत्पादनमा लागेको उनिहरुले बताए ।
फार्मका अध्यक्ष बोम बहादुर भण्डारीले ६० रोपनी जमिन भाडामा लिएर सामुहिक तरकारी, माछा, कुखुरा, बाख्रा, भैसीपालन गरिएको बताउनुभयो । ’बिगत ६ महिना देखि एकीकृत खेती गरिरहेका छौं’ भण्डारीले भन्नुभयो, ’करिब २० रोपनी जग्गामा घाँस खेती गरेका छौ ।’ फार्ममा प्रत्येक सदस्यको दुई–दुई लाख रुपैया लगानी रहेको भण्डारीले जानकारी दिनुभयो।
प्रतिरोपनी साढे आठ हजार रुपैया बार्षिक भाडा तिर्नुपर्ने वहाँको भनाई छ। व्यवसाय बिस्तारका लागि पुर्वाधार निर्माणको काम समेत अघि बढाईएको छ । आगामी दिनमा कृषि रिर्सोट स्थापना गर्ने योजनामा रहेको भण्डारीले बताउनुभयो । फार्मका सदस्य प्रकाश केसिले कृषि उपज बिक्रीका लागि समस्या नरहेको बताउनुभयो ।
’व्यवसायले हौसला मिलेको छ।’ केसिले भन्नुभयो । एकीकृत खेती प्रणालीका कारण किसानको जमिनको उत्पादकत्व बढेको छ । यसै वडाका वडाध्यक्ष नेहर सिह केसिले मरन्ठाना क्षेत्र कृषि उत्पादनका हिसावले उर्वर रहेको बताउनुभयो । यस भेगमा व्यवसायीक कृषकहरु समेत बढेको वहाँको बुझाई छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा