सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हारको ह्याट्रिकबाट आहत दक्षिण अफ्रिकी टिम सोमबार जब आफनो चौथौ प्रतिस्पर्धामा वेस्टइंडिज विरुद्ध मैदानमा उत्रनेछ तब उसको लक्ष्य पहिलो जितमा हुनेछ । केही प्रमुख खेलाडी चोटिलो हुनु र ब्याट्सम्यानहरु लाचार हुनुले दक्षिण अफ्रिकाको लागी यो सबै यती सजिलो भने छैन ।
पहिलो तिन म्याचमा इङ्गल्याण्ड, बंग्लादेश र भारतसँगको हार पछि फाप डू प्लेसिसको कप्तानी वाली टिमको अगाडिको यात्रा मुश्किल भएको छ । उसले यदि सेमिफाइनलमा ठाउँ बनाउनु छ भने वाँकि सबै ६ वटै म्याचमा आफनो सर्वश्रेष्ठ प्रदर्शन गर्नु पर्नेहुन्छ । दक्षिण अफ्रिकाको लागी वेस्टइंडिजको चुनौतीबाट छुटकारा पाउनु सजिलो हुनेछैन । विंडिजले पाकिस्तानलाई ठुलो अन्तरले मात दिदै धमाकेदार शुरुवात गरेको थियो । यद्यपी, क्यारेबियाली टिमले दोस्रो म्याचमा अष्ट्रेलियासँग झिनो अन्तरले पराजित हुनु परेको थियो ।
यस्तो छ दक्षिण अफ्रिका र वेस्टइंडिजको विश्वकप खेल इतिहास
म्याच : ६
दक्षिण अफ्रिकाको जित : ४
वेस्टइंडिजको जित : २
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा