सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भारत, जेठ ९ । भारतमा अहिले सम्पन्न लोकसभा चुनावको मतगणना वा साढे ३ सम्मको रुझानलाई हेर्दा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीएले मध्यप्रदेश, उत्तर प्रदेश, बिहार, राजस्थान, छत्तिसगढ र झारखण्डमा ठूलो अग्रता हासिल पारेको छ ।
एक्जिट पोलले अनुमान गरेको नतिजाजस्तै यस क्षेत्रमा भाजपाले आफ्नो पकड बनाएका छन्। यसैगरी, इन्डियन एक्सप्रेसका अनुसार बिहारमा निकै चर्चामा रहेका सिपीआईका उम्मेदवार कन्हैया कुमार बिजेपी उम्मेदवार गिरिराजसिंहसँग पराजित भएको खबर सार्वजनिक भएको छ।
यसैक्रममा, बिहारका बिजेपी अध्यक्ष नित्यानन्द राइले आरएलएसपीका अध्यक्ष उपेन्द्र कुशुवाहलाई उजियारपुरमा पराजित गरेका छन् । यसैगरी, विजेपीका छेदी पसवानले काँग्रेसका उम्मेदवार तथा पूर्व लोकसभाका सभामुख मिरा कुमारलाई ससारममा पराजित गरेका छन्।
उता, जनता दल युनाइटेडले सीतामरीको सिट जितेको छ भने, एलजेपीका चिराग पासवानले पुनः जामुईमा जीत हासिल गरेका छन् । पूर्ण नजिता हालसम्म सार्वजनिक गरिएको छैन तर बिहीबार साँझ सम्म सबै मतपरिणाम आउने सम्भावना रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा