सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ५० औं बर्षगाँठ एनसेल लाभकर प्रकरणसँग जोडिएका निरजगोविन्द श्रेष्ठको भब्य बंगलामा मनाए । यो खबर आजको नागरिक दैनिकले छापेको छ ।
सीतासँग बैवाहिक बन्धनमा बाँधिएको ५० बर्ष पुगेको उपलक्ष्यमा दाहालले बिहीबार भब्य भोजसहितको कार्यक्रम आयोजना गरेका थिए ।
ब्यापारी श्रेष्ठ एनसेलले सरकारलाई बुझाउन बाँकी ३१ अर्ब रुपैंयाँ भन्दा बढी पुँजीगत लाभकरसँग जोडिएका छन् ।
यति बेला एनसेलले ठूला करदाता कार्यालयले निर्धारण गरेको करविरुद्ध हालेको मुद्दा सर्बोच्च अदालतमा विचाराधीन छ ।
श्रेष्ठले सुनकोटी(ललितपुर) स्थित १८ रोपनीमा फैलिएको निवास परिसरमा दाहालले ५० औं बैवाहिक बर्षगाँठ मनाइँरहँदा एनसेलको लाभकर र सत्तारुढ दलका अध्यक्षबीचको यो साइनोबारे सहभागीले आपसमा चर्चा गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा