सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख १७ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनलाई जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) प्रणालीमा जोड्न लागेको छ। जिपिएस जडानपछि ट्राफिक प्रहरीलाई ट्रयाकिङ गर्न, गतिको जानकारी हुनुका साथै सार्वजनिक यातायातका विकृति र आपराधिक घटना नियन्त्रण गर्न सहयोग पुग्ने विभागको दाबी रहेको समाचार गोरखापत्र दैनिकमा छ।
आगामी नौ मिहनामा सक्ने गरी विश्व बैंकको सहयोगमा काम सुरु भएको छ। जिपिएस प्रणालीका लािग परामर्शदाता नियुक्त गर्न प्रक्रिया थालिएको बताइएको छ। विभागका महानिर्देशन कुमारप्रसाद दाहालका अनुसार देशभरका करिब ४२ लाख सवारी साधनमा जिपिएस लागु गरिनेछ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा