सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, बैशाख ११ । राष्ट्रपति विद्यादेवी भण्डारीको आजबाट हुने छिमेकी मुलुक चिनको राजकीय भ्रमणमा प्रयोग हुँदै आएको साविकको सवारी रुट परिवर्तन गरीएको छ ।
सर्वसाधारणले पाउने सास्तीलाई मध्यनजर गर्दे गृहमन्त्रालयले राष्ट्रपतिको राजकीय भ्रमण रुट परिवर्तन गरेको हो ।
विशिष्टको सवारीको नाममा सर्वसाधारणले जामको समस्य भोग्दै आएको गुनासो बढेपछि गृहमन्त्रालयले राष्ट्रपतिको राजकीय भ्रमण रुट परिवर्तन गरेको जनाएको छ ।
यसअघि राष्ट्रपति राजकीय भ्रमणमा निस्कँदा प्रयोग हुदै आएको शीतलनिवास हुँदै लाजिम्पाट, केशरमहल दरवारमार्गको दक्षिणगेट, भद्रकाली ,सिंहदरवार, माइतीघर, बानेश्वर, तीनकुने, सिनामंगलबाट एयरपोर्ट सडक प्रयोग हुने गरेको थियो ।
तर, यसपटक भने सो रुट परिवर्तन गरिएको छ । परिवर्तित सवारी रुट शीतलनिवास, शिवपुरी स्कुल, वालुवाटार, भाटभटे्नी लोत्से, रातोपुल, गौशाला हुँदै एयरपोर्ट पुग्ने व्यवस्था मिलाइएको छ ।
गृहमन्त्रालय अन्तरगतको सुरक्षा महाशाखा अन्तरगत नेपाल आर्मी, ट्राफिक प्रहरी, नेपाल प्रहरी सशस्त्र प्रहरी, प्रमुख जिल्ला अधिकारीलगायत सबै–सबै सुरक्षा अंगको बैठकले सवारी रुट परिवर्तन गरेको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा