सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
आइपीएल २०१९ को ३७ औ म्याच दिल्लि क्यापिटल र किग्स इलेवन पंजाब बिच खेलियो यो प्रतिस्पर्धामा आयोजक दिल्लि क्यापिटलले ५ विकेटले खेल आफनो पोल्टामा पारेको छ ।
नेपाली क्रिकेटर सन्दिप लामिछाने आवद्ध दिल्लि क्यापिटलको तर्फबाट ब्याट्सम्यान शिखर धवन र कप्तान श्रेयस अथ्यरले शानदार अर्धशातकी पारी खेले भने नेपाली क्रिकेटरले युर्निभर्सल बोस क्रिस गेलसहित ३ ब्याट्सम्यानको विकेट झार्दे टिमलाई जित दिलाए । योसँगै दिल्लि क्यापिटल्सले किग्स इलेवन पंजावसँगको आफनो बदला पनि लिएको छ । किनभने यही सिजनमा पंजाबले दिल्लिलाई आपनै घरमा हराएको थियो ।
दिल्लि क्यापिटल्सले यो प्रतिस्पर्धामा टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको थियो । पहिला ब्याटिङमा उत्रेको किग्स इलेवन पंजाबको टिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउदै १६३ रन बनाए । उता, दिल्लि क्यापिटल्सले १६४ रनको लक्ष्य ५ विकेट र २ वल छदै हासिल गरे ।
दिल्लिको तर्फबाट श्रेयस अथ्यरले अभिजित ५८ रनको पारी खेले । अथ्यरले २० औ भोभरको चौथो बलमा चौका लगाउदै टिमलाई जिताए । यही जितसँगै दिल्लिले यो सिजनमा आफनो १० औ प्रतिस्पर्धा मध्ये ६ प्रतिस्र्धामा जित हासिल गरेको छ । १२ अंकसँगै दिल्लि आइपीएल २०१९ को अंकतालिकामा तेस्रो स्थानमा पुगेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा