सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं। नेपाल वायुसेवा निगमको जहाजमा चरा ठोक्किएको छ । मलेसियाको राजधानी क्लालाम्पुरबाट काठमाण्डु आउँदै गरेको निगमको आरए ४१६ जहाज अवतरणका क्रममा पाङग्रामा चरा ठोक्किएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार बिहान साढे ९ बजेतिर धावनमार्गमा गुडिरहेका बेला जहाजको पछाडिको पाङ्ग्रामा चरा ठोक्किएको हो । जहाजमा कुनै क्षति नभएको र सबै यात्रु सकुशल रहेका पनि विमानस्थलले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा