सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फाइल तस्बिर
विराटनगर, चैत्र २८। पूर्वराजा ज्ञानेन्द्र शाहका सुरक्षाकर्मी चढेको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। अर्का एक सख्त घाइते छन् ।
बुधबार साँझ पूर्वराजा ज्ञानेन्द्रलाई विराटनगर विमानस्थल छाडेर फर्कंदै गरेको उनका सुरक्षाकर्मी चढेको बा ३ च ७९६९ नम्बरको जिपले सुनसरीको इटहरी आउँदै गरेको को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा इटहरी उपमहानगरपालिका ८ का २२ वर्षीय भीम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार सोही ठाउँका २२ वर्षीय प्रकाश चौधरीको विराट अस्पतालको आइसीयूमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा