सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
लहान, चैत २८। भारतीय सरकारको सहयोगमा सदरमुकाम सिरहामा निर्मित चन्द्रनारायण यादव मेमोरियल प्रसूति अस्पताल उद्घाटन भएकाे छ । बुधबार नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले अस्पताल उद्घाटन गरेका हुन् ।
भारत सरकारको दुई अर्ब ६९ करोड रूपैयाँ सहयोगमा निर्माण भएको २५ श्ययाको अस्पताल उद्घाटन पश्चात उपचार सेवा सञ्चालन भएको छ । गुणस्तरीय मातृत्व तथा बाल स्वास्थ्यमा आधारित सिद्धान्तअन्तर्गत चन्द्रनारायण यादव मेमोरियल ट्रस्टद्वारा उक्त अस्पताल सञ्चालन भएको जनाइएको छ ।
अस्पतालमा चिकित्सकीय उपकरण अल्ट्रासाउण्ड, एक्सरे, ब्लड बैंक, इमर्जेन्सी, माइनर ओटी, तीन चिकित्सक कक्ष, एक नर्सकक्षलगायत सेवा रहेका छन् । अस्पताल निर्माण भएपछि सिरहा र आसपासका जिल्लाका जनताको मातृत्व तथा बाल स्वास्थ्य सेवामा सुधार हुने अपेक्षा गरिएकाे छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा