सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, चैत्र ६। इण्डियन प्रिमियर लिग आईपीएल खेल्नका लागि नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने आज (बुधबार) दिल्ली गएका छन्।
यसै साता सुरु हुने आईपीएलका लागि सन्दिप आज बिहान दिल्ली गएका हुन् । सन्दिपले दिल्ली क्यापिटल्सबाट लगातार दोस्रो सिजन खेल्न लागेका हुन् ।
पछिल्लो एक वर्ष उनी विश्वभरी क्रिकेट खेल्दै निकै व्यस्त भए । सन्दिपलाई पुरानै क्लब दिल्लीले आफूसँग राखेकोले उनको पारिश्रमिक यो वर्ष पनि अघिल्लो वर्षको बराबर २० लाख भारु हुनेछ ।
नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित टिम दिल्ली क्यापिटल्सले यस पटक पहिलो खेल आउँदो आइतबार अर्थात चैत्र १० गते का दिन साँझ ८ बजे मुम्बईमा मुम्बई इन्डियन्ससँग खेल्नेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा