सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जम्मु–कश्मीरको पुलवामा आक्रमण पछि भारतका क्रिकेट खेलाडी हरु विश्वकपमा पाकिस्तानसँग म्याच नखेल्ने माग गरीरहेका छन् । यही बिच पाकिस्तानी क्रिकेटर शाहिद अफरीदीले आफना प्रधानमन्त्रि इमरान खानले भारतलाई दिएको जवाफको सपोर्ट गरेका छन् ।
पाकिस्तान क्रिकेट टिमका कप्तान बनिसकेका शाहिद अफरीदीले आफनो ट्विटर अकाउन्टमा प्रधानमन्त्रि इमरान खानले भारतलाई दिएको जवाफको भिडियो शेयर गर्दे लेखेका छन् “यो एकदम ठोस र स्पष्ट छ” ।
Absolutely crystal&Clear🇵🇰 https://t.co/AUc79pHvfO
— Shahid Afridi (@SAfridiOfficial) February 19, 2019
पाकिस्तानका प्रधानमन्त्रि इमरान खानले कश्मीरको पुलवामा जिल्लामा फेब्रुवरी १४ मा भएको आतंकी आक्रमणमा पाकिस्तानको हात रहेको भन्ने आरोपलाई मंगलबार एक भिडियो सन्देश मार्फत अस्विकार गरेका थिए । इमरान खानले भिडियोमा भनेका थिए कि भारतमा यो बर्ष चुनाव हुन गईरहेको छ जसको कारण जनताबाट साहानुभुतिको लागी पाकिस्तानलाई दोषी सावित गरीए भोट पाउन सजिलो हुने बताएका थिए ।
खानले पुलवामा आक्रमणमा पाकिस्तानको भुमिकालाई अस्विकार गर्दे भनेका थिए कि जब कश्मीरमा कुनै घटना घटछ हरेक पटक भारत पाकिस्तानलाई जिम्मेदार ठहराउछ र पाकिस्तानलाई पटक–पटक बलिको बोको बनाउछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा